स्वास्थ्य

काेराेना अपडेट : २६६ जना कोरोना संक्रमित निको, मृत्यु शून्य

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा ३५ जना नयाँ संक्रमित थपिएका छन् । विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ३२ जना र एन्टिजन परिक्षण गर्दा ३ जना गरि जम्मा ३५ जना नयाँ संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ । यस अवधिमा २६६ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.६ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ । 

बितेकाे पछिल्लो २४ घण्टामा ५ हजार २६८ जनाले कोरोना परिक्षण गरेका थिए भने ८३ हजार २५३ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या २ हजार २१९ जना रहेकाे मन्त्रालयले बताएकाे छ ।     

गाउँ सहर संवाददाता

तपाईँको मत