गाउँ सहर

पल शाहविरुद्ध जिल्ला अदातल तनहुँमा मुद्दा दायर, १४ वर्ष कैद सजायको मागदाबी

काठमाडाैं । नाबालिग बलात्कारको आरोप लागेका नेपाली चलचित्रका नायक पल शाहविरुद्ध जिल्ला अदालत तनहुँमा मुद्दा दायर भएको छ ।

मंगलबार सरकारी वकिलको कार्यालयले पलविरुद्ध बलात्कारको मुद्दा दायर गरेको हो । पलमाथि २१ दिने अनुसन्धान सकाएर जिल्ला प्रहरी कार्यालय तनहुँले बुधबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेस गरेको थियो ।

अदालतका सूचना अधिकारी शिवराज अधिकारीले सम्भव भएसम्म आजैदेखि पलको मुद्दामाथि बहस सुरु हुने जानकारी दिएका छन् ।

बालिका बलात्कारको अभियोगमा हिरासतमा रहेका अभिनेता पल शाहमाथि १४ वर्ष कैद सजायको मागदाबी गर्दै तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माका अनुसार वारदातको समयमा पीडित बालिकाको उमेर १६ वर्षभन्दा कम रहेको कारण पलमाथि १२ देखि १४ वर्ष कैद सजाय र मनासिब क्षतिपूर्तिको मागदाबी गर्दै मुद्दा दर्ता भएको हो ।

मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत