वातावरण

आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । 

तरपनि प्रदेश–१ को पहाडी भू–भागका केही स्थानमा आज मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना छ ।

आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको विभागले अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने बताएको छ । 

प्रदेश १ को पहाडी भू–भागका एकदुई स्थानमा मेघ गर्जन र चट्यङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत