चुनाव सर्दैन : प्रधानमन्त्री, निर्वाचन सार्न कलात्मक अभ्यास हुँदैछ : ओली
- गाउँ सहर संवाददाता
- ७ चैत सोमबार, २०७८ | १३:३५:०० मा प्रकाशित
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि हालतमा तोकिएको समयमा चुनाव हुने बताएका छन् । मोरङको सुन्दरहरैचामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, “निर्वाचन आयोगको काम निर्वाचन गराउने हो । सरकारको पूरा सहयोग छ । निर्वाचन सार्ने कुनै मनसाय छैन । तोकिएको समयमा चुनाव हुन्छ ।”
तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सार्नका लागि विभिन्न खेल भइरहेको दाबी गरेका छन् ।
आफू नेतृत्वको सरकारले मंसिर ३० र त्यसपछि अध्यादेश जारी गरेर गरेको विभिन्न ५२ संवैधानिक निकायमा गरेको पदाधिकारी नियुक्तिलाई खारेजी गर्ने तयारी भइरहेको बताएका छन् ।
उनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सार्नका लागि यस्तो खेल भइरहेको दाबी गरे । एमालेको पोलिटब्युरो बैठकमा बोल्दै उनले निर्वाचन कलात्मक रुपमा सार्नका लागि निर्वाचन आयोग र सत्ता गठवन्धनका बीचमा निरन्तर संवाद समेत भइरहेको दाबी गरे ।
‘यस पटक कलात्मक रुपमा निर्वाचन सार्ने प्रयासमा गठबन्धन रहेको छ ’ उनले भने ‘निर्वाचन आयोगमा भएका नियुक्ति खारेज गरेर २ जनामात्र कायम गर्ने खेल समेत भइरहेको छ । अरुको अदालतबाट बदर गराउने अनि २ जनाले मात्र निर्वाचन हुँदैन भन्दिन परो भनेर निर्वाचन आयोगलाई सत्ता गठबन्धनले भनिरहेको छ।’ सर्वोच्च अदालतले यस विवादमा गत शुक्रवारदेखि सुनुवाइ थालेको छ । अर्को पेसी बुधबारका लागि रहेको छ । बुधबार सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा निर्वाचन आयोगमा प्रमुख आयुक्त दिनेश थपलिया र इश्वरी पौडेलमात्र रहने छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
प्रतिकृया दिनुहोस