स्थानीय निर्वाचनका लागि ललितपुरमा ३१ दल दर्ता
- गाउँ सहर संवाददाता
- ७ चैत सोमबार, २०७८ | १३:२५:०० मा प्रकाशित
काठमाडाैं । जिल्ला निर्वाचन कार्यालय ललितपुरमा स्थानीय निर्वाचनमा भाग लिनका लागि ३१ वटा दल दर्ता भएका छन् । आइतबार ५ बजेसम्म ३१ वटा दल दर्ता भएकाे निर्वाचन कार्यालयकी सूचना अधिकारी सरस्वती शर्माले जानकारी दिएकी छन् ।
उनका अनुसार जिल्लामा दर्ता भएका दलले पुरानै चिन्ह पाउने छन् । ‘मतपत्र छाप्न र निर्वाचन प्रकृया सझिलो होस भनेर जिल्लामा पनि दल दर्ता गरिएको हो । आयोगमा पहिले नै दल दर्ता भइसकेको छ ।’
निर्वाचन आयोगले केही दिनअघि आचारसंहिता राजपत्रमा प्रकाशित गरिसकेको छ । यही चैत्र १३ गते आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्दैछ ।
निर्वाचन आयोगले ललितपुरका हरेक पालिकामा केही दिनमा निर्वाचन अधिकृतको कार्यालय खोल्दैछ । मतदाता शिक्षाको कार्यक्रम पनि सुरु बाँकी छ ।
ललितपुरमा नमूना मतदान कार्यक्रम पनि हुनेछ । सरकारले स्थानीय निर्वाचनका लागि म्यादी प्रहरी भर्ना सुरु भइसकेको छ र भने मतदाता शिक्षामा लागि सामाजिक परिचालक र स्वास्थ्य स्वयम्सेवकहरु खटाउन पनि बाँकी नै रहेकाे सूचना अधिकारी शर्माले बताइन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
प्रतिकृया दिनुहोस