राजनीति

निर्वाचन आयोगलाई ओलीकाे प्रश्न : कांग्रेसको रुख हरियो पार्न हरियो रंग चाहियो ? सूर्य हरियो हुन्छ कहीँ ?

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगको काम माथि प्रश्न उठाएका छन् । इलामको फिक्कलमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले मनोनयन दर्ताका लागि दुई दिन छुट्याएकोप्रति विरोध गरेका हुन् ।

‘मनेनयन दर्ता गर्न दुई दिन किन चाहियो ? (गठबन्धनमा) खटपटक परेर कुरा नमिल्न सक्छ, भोलिपल्ट मिल्न सक्छ भनेर हो ?’ उनले भने, ‘पाँच दलीय गठबन्धनको खटपट मिलाउने काम निर्वाचन आयोगको हो ?’

उनले कांग्रेसको चुनाव चिन्ह रुखसँग रंग मिलाइदिएको प्रति पनि निर्वाचन आयोगसाग गम्भिर असन्तुष्टि पोखेका छन् ।

‘रुखसँग रंग मिलाइदिएर चुनाव चिन्ह दिने ? कांग्रेसको रुख हरियो पार्न हरियो रंग चाहियो ? दलहरूसँग किन परामर्श गरिएन ? किन कांग्रेसको अनुकूल हुने गरी निर्णय भयो ? सूर्य हरियो हुन्छ कहीँ ?’ ओलीले आगोगप्रति प्रश्न उठाँउदै भने ।

गाउँ सहर संवाददाता

तपाईँको मत