गाउँ सहर

स्रोत नखुलेको २२ लाख नगदसहित एक जना पक्राउ

काठमाडाैं । प्रहरीले स्रोत नखुलेको २२ लाख नगदसहित एक जनालाइ पक्राउ गरेकाे छ । पोखराबाट स्रोत नखुलेको २२ लाख नगदसहित एक जनालाइ प्रहरीले पक्राउ गरेकाे हाे । गएराति पोखरा महानगरपालिका–३० पावर हाउसस्थित सडकबाट स्रोत नखुलेको नगद २२ लाख रुपैयाँ सहित नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका २ रुपौलिया बस्ने ३० वर्षीय कुलदेव कुमाललाई  प्रहरीले पक्राउ गरेको जानकारी दिएकाे छ । 

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा३ख ८६२१ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त स्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको जनाएकाे छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत