सडक/यातायात

पीकअप जीपको ठक्करबाट दुई जनाको मृत्यु

रौतहट । गौर–चन्द्रपुर राजमार्गको बृन्दावन नगरपालिकामा गएराति पीकअप जीपको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा दुई जना घाईते भएका छन ।

चन्द्रनिगाहपुरबाट गरुडा तर्फ जाँदै गरेको बा १७ च ६१६३ नम्बरको महेन्द्रा पिकअपले चन्द्रपुर गौर सडक खण्डको हर्साहमा ठक्कर दिँदा ३७ वर्षिय जीतेन्द्र पटेल र २७ वर्षिय हरि कुमार ठाकुरको मृत्यु भएको छ ।

ठक्करबाट प्रहरी चौकी हर्साहमा कार्यरत प्रहरी सहायक निरीक्षक उपेन्द्र प्रसाद यादब र प्रहरी जवान मुर्तुजा अन्सारी घाईते भएका छन ।

चालकले मदिरा सेवन गरि जीप चलाएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

गाउँ सहर संवाददाता