स्वास्थ्य

पाँच हजार ४१८ जनाकाे परीक्षण गर्दा ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडाैं । मुलुकभर पछिल्लो २४ घण्टामा थप ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।

सोमबार १४८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर ४ हजार ८१९ जना सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घन्टामा ३ हजार ५३९ पीसीआर तथा १ हजार ८७९ एन्टिजेन गरि ५ हजार ४ सय १८ परीक्षण भएको छ ।

हालसम्म कोरोनाबाट ११ हजार ९५० जनाले ज्यान गुमाएका छन् ।

गाउँ सहर संवाददाता