विश्व

रूस -युक्रेन आक्रमण : हालसम्म १२,००० रुसी सैनिक र १,३०० युक्रेनी सैनिककाे निधन

काठमाडाैं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमण गरेपछि अहिलेसम्म १,३०० युक्रेनी सैनिक र झन्डै १२,००० रुसी सैनिकको मृत्यु भएको दाबी गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै उनले शुक्रवारसम्म झन्डै ५०० देखि ६०० रुसी सैनिकले युक्रेनमा आत्मसमर्पण गरेको बताएका छन् । तर पुष्टि हुन सकेको छैन ।

जेलेन्स्कीले युद्धमा ज्यान गुमाउने रुसी सैनिकको सङ्ख्या ठूलो भएको भए पनि आफू त्यसप्रति खुसी नभएको बताएका छन् । ‘उनीहरूले’अनुमानिते १२,००० जना गुमाउँदा मलाई प्रसन्नता छैन, यसले मलाई खुसी बनाउँदैन,संसारलाई हेर्ने मेरो दृष्टिकोण त्यस्तो छैन,’ उनले भने ।

केही दिनअघि अमेरिकाले दुई साताको अवधिमा झन्डै ५,००० देखि ६,००० रुसी सैनिकको मृत्यु भएको अनुमान गरेको थियो । रुसले युक्रेनमा आक्रमण गरेको १७ दिन भइसकेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत