खेल

तेक्वान्दोमा ११ गोल्ड मेडलसहित कास्की प्रथम

पोखरा । गण्डकी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता ११ गोल्ड मेडलसहित कास्की जिल्ला प्रथम भएको छ । ४ गोल्ड मेडलसहित म्याग्दी दोश्रो र ४ गोल्ड मेडलसहित पर्वत तेस्राे भएको हो ।

पोखरामा आज सम्पन  प्रतियोगीतामा कास्कीले थप ११ सिल्भर र म्याग्दीले ५ र पर्वतले ३ मेडल  पाएका थिए ।

पुरुष र महिलातर्फको गरी कुल २६ खेलमा १ सय १३ जना खेलाडी रहभागी रहेका थिए । जसमा गोल्ड मेडल ल्याउने २५ जना खेलाडी राष्ट्रिय खेलका लागी छनोटमा परेका छन् ।

छनोटमा पर्नेहरुमा कास्कीका सिनियर पुरुष ५४ केजी समूहतर्फ मन्दिप सुनार, ५८ केजीमा पर्वतका सुरज कँडेल र ६३ केजीमा पर्वतकै प्रकास माझी रहेका छन्  भने ६८ केजीमा  कास्कीका हेमन गुरुङ छन् ।

त्यसै गरी ७४ केजी समूहतर्फ म्याग्दीका कृपेस शर्मा र ८० केजी समूहमा कास्की सकील लामगादे र ८७ केजीमा निरज नेपाली र ८७ केजी मै पर्वतका सुजन रोक्का रहेका छन् । त्यसैगरी पुरुष जुनियरतर्फ ४८ केजी समूहमा म्याग्दीका दिपेस पुर्जा, ५५ केजी समूहमा कास्कीका सुजन गुरुङ, ६३ केजी समूहमा तनहुँका राजन परियार छन् भन्ने नवलपुरका मनिष महतो र नवलपुरकै सुरेश जेडिमगर ७८ केजी समूहमा विजयी भएका छन्  ।

त्यसैगरी महिला सिनियरतर्फ ४६ केजी समूहमा म्याग्दीका इशा गर्बुजा, ४९ केजीमा कास्कीका सरिता बयलकोटी, ५३ केजी समूहमा मनालिसा मल्ल, ५७ केजीमा अन्जना परियार, ६२ केजी समुूमा पार्वती श्रेष्ठ,  ६७ केजी समूहमा पर्वतका स्मृती नेपाली र ७३ केजीमा म्याग्दीकी ममता गर्वुजा रहेका छन् ।

महिला जुनियरतर्फको  ४४ केजी मुनि गोरर्खाकी आकृती क्षेष्ठ, ४९ केजीमा कास्कीकै अनिसा परियार ५५ केजी र सदिक्षा सुनार ६३ केजीमा छनोट भएका छन् भन्ने बाग्लुङकै बुद्ध गुरुङ, ५५ केजी र  ६८ केजीमा ग्रिन गुरुङ  छनोट भएका छन् ।

विजयी खेलाडीलाई गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्रि राजीव गुरुङले ट्रफी वितरण गदै खेलकूदको संस्थागत विकासका लागी मन्त्रालय खेलाडीसँग रहेको बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत