लुटपाटमा संलग्न आठजना प्रहरी नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- २० फाल्गुण शुक्रबार, २०७८ | १६:४०:०० मा प्रकाशित
काठमाडाैं । प्रहरीले लुटपाटमा संलग्न आठजनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले फागुन १२ गते साँझ काठमाडौँ महानगरपालिका–१६ नयाँबजारस्थित समृद्ध फार्मेसीका सञ्चालक राजेन्द्र साँखीलाई लुटपाट गर्ने आठजनालाई आज पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जुम्लाका २६ वर्षीय देवीप्रसाद धिताल, धादिङका ३० वर्षीय शङ्कर रेग्मी, डडेल्धुराका २८ वर्षीय हिक्मत महता, कञ्चनपुरका २७ वर्षीय सुवास रतोकी, कञ्चनपुरकै ३४ वर्षीय मिलन बोहरा, पाँचथरका ३२ वर्षीय भविन्द्र बेगा, दैलेखका २७ वर्षीय योगेन्द्रबहादुर चन्द र प्युठानका २१ वर्षीय कमल सुनार रहेका छन् ।
पक्राउ परेका उनीहरुले पसल सञ्चालकलाई नियन्त्रणमा लिएर पसलको काउण्टरमा भएको नगद, सामसुङ मोबाइल, घडीलगायतका सामग्री लुटेर फरार भएका थिए । पक्राउ परेकासँग प्रहरीले ११ थान मोबाइल, एक घडी, नागरिकता प्रमाणपत्र, पाँच एटिएम र दुई चेक बरामद गरेको महाशाखाले जानकारी दिएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस