राजनीति

प्रतिनिधिसभाबाट एमसीसी बहुमतले पारित, अब अनुदान कार्यक्रम कार्यान्वयमा आउने

काठमाडौं । प्रतिनिधि सभाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी सम्झौता अनुमोदन गरेको छ ।

आइतबार साँझ बसेको प्रतिनिधि सभाको बैठकले बहुमतबाट एमसिसी सम्झौता पारित गरेको हो ।

लामो सयदेखि सदनमा थाँती रहेको एमसीसी र व्याख्यातत्मक घोषणा बहुमतबाट अनुमोदित भएको हाे ।

सो प्रस्ताव पारित गरियोस भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गरेका थिए । सभामुख  ले ध्वनि मतका आधारमा पारित भएको घाेषणा गरेका थिए ।

एमसिसीसँगै संसदले यसको १२ बुँदे व्याख्यात्मक घोषणा छ ।

एमसिसी पारित हुँदा एमाले सांसदहरू वेल घेरेर नाराबाजी गरिरहेका थिए । अरू सांसदले वेल घेरेर नाराबाजी गरिरहँदा एमाले सांसद भीम रावल भने छलफल प्रक्रियामा सहभागी भएका थिए । उनले रोष्ट्रममै गएर आफ्ना धारणा राखेका थिए । रावलले एमसिसी पारित गर्नु नहुने बताएका थिए ।  

संसदबाट अनुमोदन भएसँगै ५० करोड अमेरिकी डलरको अनुदान कार्यक्रम कार्यान्वयमा आउनेछ ।

एमसिसीबाट आएको पैसा नेपालका सडकको स्तरोन्नति र विद्युत प्रसारण लाइन बनाउन प्रयोग हुनेछ ।

त्यस्तै प्रतिनिधिसभाको अर्को बैठक फागुन १८ गते बुधबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत