कला

नायक पल शाहद्वारा प्रहरीसामु आफैं उपस्थित हुने घोषणा

काठमाडौं । नायक पल शाहले प्रहरीसामु आफैं उपस्थित हुने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले सो घोषणा गरेका हुन् ।

नाबालिका करणी अभियाेग लागेका शाहलाई प्रहरीले खाेजिरहेकाे छ । 

 

‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउँछु २’ गत शुक्रबारदेखि नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनि म प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरी सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु ।’

एक नाबालिग गायिकाले प्रहरीमा उनीविरुद्ध जबर्जस्ती करणी आरोपमा तनहुँ प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । त्यसयता प्रहरीको खोजीमा रहेका पल फरार रहँदै आएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत