स्वास्थ्य

पछिल्लाे २४ घण्टामा सयमा झर्‍याे सङ्क्रमित संख्या, ५४० जना सङ्क्रमणमुक्त, दुईको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई हजार २३९ जनाको पीसीआर परीक्षण गर्दा १०१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा दुई हजार ९१३ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पाँच हजार १५२ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर १५५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सोही अवधिमा ५४० जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा एक लाख २९ हजार ११९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै नेपालमा हाल आठ हजार ८३९ जना सक्रिय सङ्क्रमित छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत