विद्युत

सहमति : भारतले नेपालसँग मिलेर जलविद्युत आयोजनाहरू बनाउने र किन्ने

काठमाडाैं । भारत नेपालका थप आयोजनाहरुको बिजुली किन्न सहमत भएको छ ।

नेपाल-भारत ऊर्जा सविस्तरीय बैठकमा भएको सहमतिअनुसार भारतले गरेको प्रस्तावअनुसार अध्ययन अघि बढाउन संयुक्त प्राविधिक टोली गठन हुने भएको छ ।

नेपाल–भारत उर्जा सचिवस्तरीय संयुक्त संयन्त्र ‘जोइन्ट स्टेयरिङ कमिटी’ (जेएससी) को बिहीबार काठमाडौंमा सम्पन्न नवौं बैठकमा भारतले यस्तो सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले जानकारी दिए ।

भारतको बंगाल राज्यसँग नेपालको विद्युत् कनेक्टिभिटीका लागि १३२ केभी प्रसारण लाइन बनाउन संयुक्त कार्यदल बनाएर अध्ययन गर्ने पनि दुई पक्षबीच सहमति भएको छ । त्यस्तै, नेपाल र भारत बीच संयुक्त लगानीमा जलविद्युत् आयोजना बनाउनका लागि अध्ययन कार्यदल गठन गर्ने निर्णय भएको छ ।

बैठकमा दुई देशबीच मौजुदा प्रसारण लाइनहरु, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय प्रसारणलाइनहरु, अरुण ३ जलविद्युत तथा प्रसारण लाइन आयोजना, अन्तरदेशीय विद्युत् आयात निर्यात लगायतका विषयहरुमा सहमति भएको हो ।

त्यस्तै, नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइनका रुपमा रहेको ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइनबाट ६ सय मेगवाट बिजुली प्रवाह गर्न जेएससी बैठकबाट सहमति जनाइएको छ । यो प्रसारण लाइनको क्षमता थप्न सबस्टेसनलगायत पूर्वाधारहरु बनाउने काम सन् २०२३ भित्र सकिसक्ने पनि सहमति भएको चटौतले बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत