गाउँ सहर

सुनसरीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाडाैं । गए राति ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । सुनसरीको कोसी–८ भण्टाबारीमा गए राति ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको हाे । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय भरत सहनी रहेका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र२–०३–००१ख २५०५ नंको ट्रकले सोही दिशाबाट आउँदै गरेका साइकलयात्रीलाई ठक्कर दिएकाे  प्रहरीले जानकारी दिएकाे छ । 

गम्भीर घाइते सहनीको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएकाे छ । ट्रक चालक सर्लाहीको परवानीपुरका ५४ वर्षीय लासादोर्जे जिम्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत