साेमबार दाेहाेराे अंकले बढ्याे शेयर बजार, काराेबार रकम खुम्चियाे
- गाउँ सहर संवाददाता
- ९ फाल्गुण सोमबार, २०७८ | १५:१६:०० मा प्रकाशित
काठमाडाैं । नेप्से साताको कारोबारको दोस्रो दिन सोमबार दोहोरो अंकले बढेकाे छ । आज नेप्से २५.२१ अंकले बढेर दुई हजार सात सय १८ दशमलब ३१ विन्दुमा पुगेको नेप्सेले जनाएकाे छ । आइतबार नेप्से ३९.४० अंकले घटेर दुई हजार ६ सय ९३ दशमलब १० विन्दुमा थामिएकाे थियो ।
आज बजार बढेपनि कारोबार रकम भने बढ्न सकेको छैन । आज २ अर्ब ९९ करोड ७२ लाख बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा ४ अर्ब ८ करोड ६४ लाख बराबरको कारोबार भएका थियो ।
नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा युनाइटेड इदी मर्दी हाइड्रोपावर र गुराँस लघुवित्त वित्तय संस्था रहेका छन् । युनाइटेड कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता ८३४.९० रुपैयाँ पुगेको छ । आज गुराँस लघुवित्तको शेयरमूल्य ९.६५ प्रतिशतले बढेर प्रतिकित्ता १४३० रुपैयाँ पुगेको छ ।
आज नविल डिभञ्चरको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य एक प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल टेलीकमको भएको छ । यस कम्पनीको आज २६ करोड २५ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस