राजनीति

रामेछाप कांग्रेसकाे प्रदेश ‘ख’ मा ६ शाखा गठन

रामेछाप । नेपाली कांग्रेस रामेछाप प्रदेश ‘ख’ ले पार्टी प्रवक्तासहित विभिन्न ६ शाखा गठन गरेकाे छ । 

क्षेत्रीय सभापति राजेशकुमार श्रेष्ठकाे अध्यक्षतामा शनिबार मन्थलीस्थित जिल्ला पार्टी कार्यालयमा बसेकाे क्षेत्रीय कार्यसमितिकाे नियमित बैठकले उक्त निर्णय गरेकाे हाे । 

पार्टीलाई चलायमान र नजिकिँदाे स्थानीय निर्वाचनलाई ध्यानमा राखेर विधानबमोजिम विभिन्न शाखा गठन तथा आमन्त्रित सदस्य मनाेनयन गरिएकाे सभापति श्रेष्ठले जानकारी दिए । 

श्रेष्ठले पार्टीका कार्यक्रम तथा गतिविधि तथा निर्णय आधिकारिक व्यक्तिबाट सार्वजनिक गर्ने र सूचनाकाे सहजताका लागि प्रदेश प्रतिनिधि शिवराज खडाकालाई प्रवक्ता जिम्मेवारी ताेकिएकाे बताए । 

त्यसैगरि विधानअनुसार सभापति श्रेष्ठले १० जना आमन्त्रित सदस्यहरू पनि मनाेनयन गरेका छन् ।

साथै, मनाेनित गर्न बाँकी रहेकाे एक सदस्यमा दाेरम्बा शैलुङ गाउँपालिका-३ का शुवास जंङ्ग थापामगरलाई मनाेनित गरिएकाे नवनियुक्त प्रवक्ता शिवराज खड्काले जानकारी दिए ।

क्षेत्रीय कार्यसमितिकाे बैठकले फागुन २८ गते शनिवार प्रद्रश ‘ख’ अन्तर्गतका नगरपालिका, गाउँपालिका तथा वडाका पार्टी पदाधिकारीहरूलाई मन्थलीमा एकदिने प्रशिक्षण कार्यक्रम गर्ने निर्णय पनि गरिएकाे प्रवक्ता खड्काले बताए । 

कसलाई के जिम्मेवारी

प्रवक्ता - शिवराज खड्का

शाखा

१. सङ्गठन शाखा - ज्ञानेन्द्र आरण
२. विकास शाखा - कपिल कार्की 
३. कार्यक्रम समन्वय शाखा - सुजन ढुंगेल
४. अभिलेख शाखा - शकुन्तला त्रिपाठी
५. प्रचार प्रसार शाखा - ज्ञानु श्रेष्ठ
६. प्रशिक्षण शाखा - गुञ्ज बहादुर श्रेष्ठ

आमन्त्रित सदस्यहरू

१. युवराज लामा -बेथान
२. प्रविन थापामगर -गुन्सी
३. शंकरलाल श्रेष्ठ - मझुवा
४. रामहरी खड्का - गागल
५. सागर तामाङ - लखनपुर
६. मनाेज श्रेष्ठ - मन्थली-८
७. तारा माेक्तान - डडुवा
८.  जाेतेन्द्र भण्डारी - पिङ्खुरी
९. डाेरदेव घिमिरे - मन्थली-७, भटाैली
१०. कान्छीमाया तामाङ - मन्थली १४, फुलासी

गाउँ सहर संवाददाता

तपाईँको मत