गाउँ सहर

नेपाल टेलिकमले ल्यायाे राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा अफरै अफर

काठमाडाैं । नेपाल टेलिकमले ७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा भ्वाइस ओभर एलटीई अर्थात भोल्टी (VoLTE) कल निःशुल्क प्रदान गर्ने भएको छ  । भोलि (२०७८ फागुन ७ गते) मनाइने ७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले भ्वाइस ओभर एलटीई अर्थात भोल्टी (VoLTE) कल निःशुल्क प्रदान गर्ने भएको हाे । टेलिकमले एमपोस (MpoS) बाट गरिने रिचार्जमा डाटा बोनस उपलब्ध गराउने भएको छ । सो अफर भोलि एक दिनका लागि उपलब्ध हुने टेलिकमले जानकारी दिएकाे छ । 

 टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी (VoLTE) सेवामा भोलि कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क उपलब्ध हुने जनाएकाे छ । 

सोही अवसरमा भोलि फागुन ७ गते एमपोसबाट गरिने रु. २०० देखि रु. ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र रु. ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुने टेलिकमले बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत