राजनीति

प्रधानमन्त्री देउवाद्वारा ओलीका तीन प्रस्ताव अस्वीकार, यी हुन तीन प्रस्ताव

काठमाडाैं । गठबन्धनको बैठकपछि प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार सत्ता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगे । दुई नेताबीच करिब डेढ घण्टा भएको छलफलमा देउवाले ओलीलाई प्रतिनिधिसभा बैठकको अवरोध हटाउन आग्रह गरे ।

 देउवाको आग्रहलाई ओलीले आफ्नो माग पूरा गरे अवरोध अन्त्य हुने बताए । यस क्रममा देउवासँग ओलीले तीन वटा मागको प्रस्ताव राखेकाे स्राेतले जानकारी दिएकाे छ ।

स्रोतका अनुसार ओलीले देउवासमक्ष तीन वटा प्रस्ताव राखेका थिए । जसमा देउवासँग ओलीले अरू दलका मन्त्रीहरूलाई तत्काल हटाउनु पर्ने, प्रतिनिधिसभा विघटन गरी अर्ली चुनाव गर्न र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाएको महाअभियोग फिर्ता गर्न प्रस्ताव राखेका थिए ।

प्रधानमन्त्री देउवाले ओलीको प्रस्ताव तत्काल पूरा गर्न नसक्ने धारणा राखेर बाहिरिएका थिए । 

गाउँ सहर संवाददाता

तपाईँको मत