राजनीति

एमसीसी पेश नगर्ने गठबन्धनमा सहमति, अर्को बैठक आइतबार बस्ने

काठमाडाैं । सत्तारूढ गठबन्धनको शीर्ष नेताहरुको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको शीर्ष नेताको छलफलमा आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको छ । 

एमसीसीको विषयमा साझा धारणा बनाउने प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको थियो ।

बालुवाटारको छलफलपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ८ गते अर्को बैठक बस्ने सहमति भएको जानकारी दिएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत