गाउँ सहर

बुवाको हत्या गर्ने दाजुभाइ पक्राउ

काठमाडाैं । प्रहरीले बुवाकाे हत्या गर्ने छाेराहरूलाइ पक्राउ गरेकाे छ । बुवाको हत्या गरेको आरोपमा कीर्तिपुर नगरपालिकास्थित पाण्डेछापबाट दुई जना दाजुभाइलाई पक्राउ गरिएको हाे । प्रहरीले बुवाको हत्या आरोपमा दुइ भाइ छोरालाई पक्राउ गरेको जनाएकाे छ । 

बिहिबार साँझ ६५ वर्षीय न्हुच्छे नारायण महर्जनलाई छोराहरूले प्रेशर कुकर र लोहोरोले हानेर हत्या गरेका थिए । पक्राउ पर्नेमा मृतकका छोराहरू ४५ वर्षका शंकर र ४० वर्षीय कृष्ण रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

कुटपिटबाट घाइते भएका न्हुच्छेको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

घटनाबारे महानगरीय प्रहरी वृत कीर्तिपुरले थप अनुसन्धान सुरु गरेको बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत