खेल

घरेलु टोली ओमानको सामना गर्दै नेपाल

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को पहिलो खेलमा नेपालले आज शुक्रबार घरेलु टोली ओमानको सामना गर्दैछ ।

विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालले अल अमेरात क्रिकेट मैदानमा घरेलु टोलीको सामना गर्नेछ । नेपाल र ओमानबीचको खेल बिहान ११:४५ बजे सुरु हुनेछ  ।

छनोटको समूह '‘ए’ मा रहेको नेपाल घरेलु टोलीलाई हराउँदै छनोटमा सुखद सुरुआत गर्न चाहन्छ ।

गत हप्ता चारदेशीय टी–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो। जसको कारण पनि नेपाल उच्च मनोबलमा रहेको छ ।

तर, नेपाललाई घरेलु टोलीविरुद्ध जित निकाल्न सहज भने छैन । ओमान पनि नेपाललाई हराएर सुखद सुरुआतको योजनामा रहेको छ ।

छनोटको नेपालको दोस्रो खेलमा नेपालले फेब्रुअरी १९ मा खेल्ने छ ।  यस्तै नेपालले तेस्रो खेल क्यानाडाविरुद्ध फेब्रुअरी २१ मा खेल्ने तालिका रहेको छ।

समूह चरणको खेलपछि शीर्ष दुई टोली दुबै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

सेमिफाइनल खेलहरु फेब्रुअरी २२ तारिखमा हुनेछ । फाइनल भने फेब्रुअरी २४ तारिखमा हुनेछ ।

फाइनल प्रवेश गर्ने दुबै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत