वातावरण

माैसम : पहाडी भू–भागमा आंशिक बदली

काठमाडौं । अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक बदली छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानमा आज मौसम सफा रहने भएको छ ।

हाल देशमा कुनै उल्लेखनीय प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत