राजनीति

एमसीसीकाे विषयमा गठबन्धनमा सहमति जुटेन, भाेली बिहान पुन: बैठक बस्ने

काठमाडौं । सत्तारूढ गठबन्धनको शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको छ । ।

अमेरिकी सहयोग परियोजना एमसीसीबारे सहमति खोज्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कुनै निर्णय गर्न नसकेको हो ।

एमसीसीबारे छलफल गर्ने भनिएको बैठकमा के भयो भन्नेबारे खुलाइएको छैन ।

गठबन्धनका शीर्ष नेताहरू बैठक भोलि बिहान ९ बजे फेरि बोलाइएको प्रचण्डको सचिवालय सदस्य रमेश मल्ले जानकारी दिए ।

नेताहरु सहमत हुन नसकेपछि शुक्रबार बिहान फेरि सहमतिको काेसिस गर्ने भन्दै भाेलि बिहानकाे लागि बैठक तय भएको हाे ।

शुक्रबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । उक्त बैठकमा एमसीसी टेबल गर्ने कांग्रेसको जोडबल छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई सहभागी थिए ।
 

गाउँ सहर संवाददाता

तपाईँको मत