गाउँ सहर

फुटबल पूर्वप्रशिक्षक हरि खड्काले नक्कली प्रमाणपत्रका आधारमा जागिर खाएको ठहर

तस्बिरः खड्काकाे फेसबुक ।

काठमाडौँ । नेपाली महिला फुटबल टिमका पूर्वप्रशिक्षक हरि खड्काले नक्कली प्रमाणपत्रका आधारमा जागिर खाएको ठहर भएको छ ।

बिहीबार विशेष अदालत काठमाडौँले खड्काले नेपाल प्रहरीको सहायक निरीक्षक (असई) मा स्थायी जागिर खाँदा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको ठहर गरेको हो ।

न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले नक्कली प्रमाणपत्रका आधारमा जागिर खाएको ठहर गरेको हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत