स्वास्थ्य

उपत्यकामा थपिए १४३ जना काेभिड संक्रमित

काठमाडाैं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौँमा ११६, भक्तपुरमा ९ र ललितपुरमा १८ संक्रमित थपिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । 

देशभर गत २४ घण्टामा ५७० संक्रमित थपिएका छन् भने ६ जनाको काेभिडबाट मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार बिहीबार १ हजार ९९३ जना कोरोना संक्रमणमुक्त भएको छ । हाल देशभर १६ हजार ६१६ जना सक्रिय संक्रमित रहेका छन् ।

गत चौबीस घन्टामा ७ हजार २८ पीसीआर तथा २ हजार ७६१ एन्टिजेन परीक्षण भएको मन्त्रालयले जानकारी दिएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत