स्वास्थ्य

देशमा ५७० जना कोरोना संक्रमित थपिए, ६ जनाको निधन

काठमाडाैं । देशमा पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गत २४ घन्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९११ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे  छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार १ हजार ९९३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर १६ हजार ६१६ जना सक्रिय संक्रमित रहेका छन् ।

गत चौबीस घण्टामा ७ हजार २८ पीसीआर तथा २ हजार ७६१ एन्टिजेन परीक्षण भएको  मन्त्रालयले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत