राजनीति

हाम्रो जोड गठबन्धन जोगाउनमै छ : अध्यक्ष दाहाल

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकेसम्म वर्तमान सत्ता गठबन्धन जोगाइने बताएका छन् । 

बिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता राजेन्द्र श्रेष्ठसँग छलफलपछि अध्यक्ष प्रचण्डले आफूहरूको जोड गठबन्धन बचाउनेमै रहेको बताएका हुन् ।

‘पाँच बजे संयन्त्रको बैठक छ, त्यसको तयारीका लागि छलफलमा बसेका हौं,’ प्रचण्डले भने, ‘गठबन्धनलाई नै कसरी बचाउने र यो एमसीसीलाई कसरी निकास दिने भन्नेमै छ । पाँच दलको बैठकमा छलफल गरेर एउटा निचोड निकाल्नेमै हाम्रो जोड छ । जोड सकेसम्म यो गठबन्धन बचाउनेमा छ ।’

प्रधानमन्त्री देउवाले आज बेलुका ५ बजे गठबन्धन बैठक बोलाएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत