राजनीति

एमाले अध्यक्ष ओलीसहितका नेताहरूविरुद्ध कारबाहीको माग गर्दै अख्तियारमा उजुरी

काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूविरुद्ध अख्तियार अनुसन्धान दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उनीहरूविरुद्ध नेकपा एकीकृत समाजवादीका विद्यार्थीहरूले उजुरी दिएका हुन् ।

अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुगेर अनेरास्ववियुले सरकारमा रहँदा केपी शर्मा ओलीसहित  तत्कालीन मन्त्रीहरु भ्रष्टाचारमा संलग्न रहेको दावी गर्दै निष्पक्ष छानबिनको माग गरेको हो ।

नेकपा एसनिकट विद्यार्थी संगठन अ‍नेरास्ववियूले बिहीबार तत्कालीन प्रधानमन्त्री ओली र उनको क्याबिनेटमा रहेका ईश्वर पोखरेल, योगेश भट्टराई, पद्मा अर्याल र भानुभक्त ढकालविरुद्ध उजुरी दिएकाे हो ।

ओलीसहितका तत्कालीन मन्त्रीहरूले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाइएको छ । त्यस्तै, कोरोना महामारीमा ओम्नी ग्रुपसँग मिलेमतो गरी स्वास्थ्य सामग्री खरिद प्रक्रियामा तत्कालीन सीसीएमसीको संयोजक हैसियतमा पोखरेल र स्वास्थ्य मन्त्री ढकालले भ्रष्टाचार गरेको आरोप छ ।

यसैगरी नेपाल भ्रमण वर्षका नाममा तत्कालीन संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले अपचलन गरेको आरोप छ ।

अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीसहितका नेता कार्यकर्ता अख्तियार पुगेर उजुरी दिएका हुन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत