अब पछि हट्न सकिदैन, भोलिको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुन्छ : प्रधानमन्त्री देउवा
- गाउँ सहर संवाददाता
- ५ फाल्गुण बिहीबार, २०७८ | १२:५३:०० मा प्रकाशित
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) लाई संसदबाट अनुमोदन गर्ने सम्बन्धमा सहमति जुटन सकेकाे छैन ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको देउवा र प्रचण्डबीचको बैठकमा दुवै नेता आआफ्नो अडानमा अडिक भएपछि सहमति हुन नसकेकाे हाे ।
बालुवाटार स्रोतका अनुसार बैठकमा प्रचण्डले एमसीसी अनुमोदन संघको निर्वाचनपछि सारौँ भन्नुभयो, उहाँले कुनै पनि अवस्थामा अहिलेको संसदबाट अनुमोदन गर्नु नहुने धारणा राख्नु भयो,’ । जवाफमा देउवाले आफ्नो पार्टीले अनुमोदन गर्ने निर्णय गरिसकेकाले अब पछि धकेल्न नमिल्ने दोहोर्याएका थिए ।
‘हाम्रो पार्टीले निर्णय गरिसकेको छ, अब पछि हट्न सकिदैन, भोलिको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुन्छ,’ । बालुवाटार स्राेतले जनाएकाे छ ।
एमसीसीका विषयमा बिहीबार बेलुकी पाँच बजे सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच बैठक बस्दै छ ।
एमसीसीलाई संसदबाट अनुमोदन गराउने विषयमा सत्तारुढ गठबन्धनबीच मत भिन्नता बढेको छ । एमसीसीका विषयमा सत्तारुढ पाँच दलमा कांग्रेस एक्लो भएको छ ।
कांग्रेस एमसीसीलाई अहिलेकै अवस्थामा अनुमोदन गर्ने पक्षमा छ । अन्य चार दल संशोधनसहित अनुमोदन गर्ने अडानमा रहेकाे छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
प्रतिकृया दिनुहोस