गाउँ सहर

माेटरसाइकल दुर्घटनामा चालककाे मृत्यु

काठमाडाैं । माेटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ । कैलालीको धनगढी उपमहानगरपालीका १३ राजपुरमा हिजाे बेलुकी मोटरसाइकल दुर्घटना हुँदा  चालकको मृत्यु भएको छ । मोटरसाइकलमा पछाडि सवार व्यक्ति घाइते भएका छन् ।

मृत्यु हुनेमा कैलालीकै गोदवारी नगरपालिका ५ का ३१ वर्षीय दल बहादुर भट्टराई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु प्रहरीले जनाएकाे छ । 

घाइते भएका मोटरसाइकलमा पछाडि सवार कैलाली ६ का ३३ वर्षीय यज्ञराज नौलालको सोही अस्पतालमा उपचार भइरहेको छ ।

अत्तरियाबाट धनगढीतर्फ जाँदै गरेको से ५ प ३९४२ नम्बरको मोटरसाइकल बुधबार बेलुकी अनियन्त्रित भई पल्टिएको थियाे ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत