ताेकियाे भन्सार एजेन्टको परीक्षा केन्द्र
- गाउँ सहर संवाददाता
- ५ फाल्गुण बिहीबार, २०७८ | १२:०५:०० मा प्रकाशित
काठमाडाैं । भन्सार एजेन्टको परीक्षा केन्द्र तोकिएकाे छ । भन्सार विभागले भन्सार एजेन्टको परीक्षा केन्द्र तोकेको हाे । विभागले यही फागुन २८ गते दिउँसो २ बजेदेखि सुरू हुने भन्सार एजेन्टको परीक्षा केन्द्र तोकेको हो । विभागले विसं. २०७७ साल चैत महिनामै ३६० जना भन्सार एजेन्ट माग्दै आवेदन खुलाएको थियो । तर, जेठ र मंसिरमा तोकिएको दुई पटकको परीक्षा मिति कोरोना महामारीका कारण पछाडि धकेलिँदै आएको थियो ।
लोकसेवा आयोगले काठमाडौं उपत्यकाका ४५ केन्द्र तोकेको छ । लिखित परीक्षामा उत्तीर्ण भएपछि मौखिक परीक्षा उत्तीर्ण हुनुपर्ने प्रावधान छ । त्यसका लागि विभागको वेबसाइटबाटै प्रवेश पत्र लिन सकिने व्यवस्था मिलाइएको छ ।
दुवै परीक्षा पास भएको ९० दिनभित्र बापत ७ हजार र धरौटीमार्फत ७ लाख रुपैयाँ विभागलाई बुझाउनुपर्ने विभागले जनाएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस