खेल
'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदै
- गाउँ सहर संवाददाता
- ५ फाल्गुण बिहीबार, २०७८ | ०७:४८:०० मा प्रकाशित
काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज बिहीबार दुई खेलहरु हुँदैछन् ।
एपीएफ र मनाङबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
मनाङ १० खेल २० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
लिगको उपाधि भने मछिन्द्रले जितिसकेको छ । त्यसैले मनाङ दोस्रो स्थानमा रहन कोशिश गर्नेछ ।
एपीएफ १० खेलमा ११ अंक जोडेर नवौं स्थानमा रहेको छ । एपीएफ पनि मनाङलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा न्युरोड टिम एनआरटी र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
एनआरटी १० खेलमा १४ अंक जोडेर सातौं स्थानमा रहेको छ । संकटा १० खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस