गाउँ सहर

स्थानी तह निर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको छ । आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको हो ।

वैशाख ३० मा हुने निर्वाचनको लागि माघ २८ गते नै कार्यतालिका स्वीकृत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

उनका अनुसार फागुन ५ देखि फागुन १५ गतेसम्म कार्यालय समयभित्र आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने छ । 

दल दर्ताका लागि सार्वजनिक विदाका दिन पनि कार्यालय खुल्ने छ । सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गतेका लागि तोकेको छ । 

आयोगले निर्वाचनको तयारी अगाडि बढाइरहँदा यसविरूद्ध परेको रिट दर्ता गर्न बुधबार सर्वोच्च अदालतले आदेश दिएको छ । उक्त रिट यसअघि दरपिठ भएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत