एमसीसीको विरोधमा राप्रपा सडकमा
- गाउँ सहर संवाददाता
- ४ फाल्गुण बुधबार, २०७८ | १६:४०:०० मा प्रकाशित
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट भातृ संगठनहरुको एमसीसी विरुद्धको शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गरेको भन्दै राप्रपाले भत्र्सना गरेको छ ।
शान्तिपूर्ण आन्दोलनलाई बिना कारण दमन गर्ने सरकारी कदमको हामी भत्र्सना गर्दछौं, राप्रपा प्रवक्ता सगुन सुन्दर लावतीले भने । प्रदर्शनको दौरान बुधबार पक्राउ गरिएका विधार्थी नेताहरुको तत्काल रिहाइको पनि लावतीले माग गरेका छन् ।
अमेरिकी सहायता परियोजना एमसीसीको विरोधको क्रममा प्रहरीले राप्रपासम्वद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) का अध्यक्ष धनसुर शाहीसहित तीन जनालाई पक्राउ गरेको छ ।
विद्यार्थी संगठनका कोषाध्यक्ष मदन शाही र पब्लिक युथ क्याम्पस इकाइ अध्यक्ष सुजन पुलामीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
यसैबीच राप्रविसंका महासचिव एन्टीसंघर्ष राईले एक विज्ञप्ति जारी गर्दै पक्राउ परेका अध्यक्ष शाही लगायत विधार्थी नेताहरुको रिहाइको माग गरेको छ । शान्तिपूर्ण आन्दोलनमा सरकारको दमनकारी भूमिकाको निन्दा गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस