स्वास्थ्य

घट्दै काेराेना संक्रमित र मृत्यु हुनेकाे संख्या, १६ सयजना संक्रमणमुक्त

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा काेराेनाबाट मृत्यु हुने र संक्रमितकाे संख्या घटेकाे छ ।

आज बुधबार ६३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९०५ पुगेको छ ।

बुधबार १ हजार ६०० जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १८ हजार २५१ जना सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घन्टामा ६ हजार ७८२ पीसीआर तथा २ हजार ९७४ एन्टिजेन परीक्षण भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत