प्रतिनिधि सभा

एमालेकाे नाराबाजीबीच केही मिनेट चल्याे संसद, अर्काे बैठक शुक्रबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको आगामी बैठक आगामी शुक्रबार बस्ने भएको छ ।

एमालेकाे नाराबाजीबीच आज (बुधबार) काे बैठक केही मिनेट बसेर सकिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले थारु आयोगको प्रतिवेदन संसद बैठकमा पेश गरे ।

त्यस्तै तीन जना पूर्वसांसदको निधनप्रति शोक प्रकट गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ । बुधबारको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने तयारी भए पनि अन्तिममा दलहरुबीच सहमति नभएपछि टेबुल हुन सकेन ।

अमेरिकी सहायता परियोजना एमसीसी आज पेस हुने भनिएको भएता पनि सत्तारुढ माओवादी केन्द्रको विरोधका कारण कार्यसूचीमै परेन।

एमसीसीबारे छलफल गर्न बोलाइएको कार्यव्यवस्था परामर्श समितिमा एमसीसी अगाडि बढाउनेबारे सहमति जुटन् सकेन ।

प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते बस्नेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत