स्वास्थ्य

काेभिडविरुद्धको ५६ हजार ९०८ मात्रा खोप खेर गयाे (प्रतिवेदनसहित)

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको कोभिड–१९ विरुद्ध खोप छानविन समितिले ५६ हजार ९०८ मात्रा खोप खेर गएको जानकारी दिएकाे छ ।

गत माघ २१ गतेसम्म डा. लगुणराज लोहनीको संयोजकत्वमा गठन भएको समितिले स्वास्थ्य मन्त्री विरोध खतिवडालाई बुझाएको प्रतिवेदनमा ५६ हजार ९०८ मात्रा खोप खेर गएको जानकारी दिएकाे हाे । 

समितिले मन्त्री खतिवडालाई सोमबार प्रतिवेदन बुझाएको थियो । ५६ हजार ९०८ खोपमध्ये सबैभन्दा बढी मोर्डना खोप खेर गएको देखिएको छ ।

मोर्डना २५ हजार ५६२, भेरोसेल ७ हजार २३, कोल्भिसिल्ड एस्टाजेनिका १९ हजार ४९, जोनसोन ५ हजार ११९ ,फाईजर ७९ भाइल खेर गएको प्रतिवेदनमा जनाइएकाे छ ।

उक्त खोपहरु म्याद सकिएका वा कारणबशं क्षति भएको देखिएको प्रतिवेदनमा उल्लेख गरिएकाे छ ।

नेपालमा हालसम्म ४ करोड ५७ लाख ८ हजार ६४० मात्रा खोप प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ । जसमा ३ करोड ३८ लाख २६ हजार ३३० मात्रा खोप लगाइएको र १ करोड २३ लाख ३७ हजार ६६५ खोप मौज्दात रहेको उल्लेख गरिएको छ।  खोपको सबै विश्लेषण गर्दा ४ लाख ५५ हजा ३१५ खोप बढी देखिएको प्रतिवेदनमा जनाइएकाे छ ।

समितिले मन्त्री खतिवडालाई बुझाएके प्रतिवेदनमा खोप अभियानलाई पूर्णरूपमा व्यवस्थित गर्न नसकिएको जनाएको छ । ‘बुष्टर डोज लगाउने सम्बन्धी आधिकारिक निर्णय नहुँदै पहिले खोप लगाइसकेका व्यक्तिले पहिलो खोप पनि बुष्टर लगाएको देखिन्छ’, प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा सात प्रदेश, ७७ जिल्ला र ७४४ स्थानीय तहले मात्र खोपको विवरण उपलब्ध गराइएकाे छ ।

प्रतिवेदनमा कोभिडविरुद्धको खोप निःशुल्क भए बापत केही व्यक्तिले पैसा लिएको गुनासो आएको प्रतिवेदनमा उल्लेख गरिएकाे छ । यसको छानविन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको बताइएको छ । हराएको भनिएको २४ लाख खोपको खोजीमा गत माघ १६ गते मन्त्रालयले डा. लोहनीको संयोजकत्वमा पाँच सदस्यीय खोप छानविन समिति गठन गरेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत