एमसीसी टेबल गर्ने तयारीबाट पछि हटे प्रधानमन्त्री, सत्तारुढ गठबन्धनको बैठक भाेली बाेलाइयाे
- गाउँ सहर संवाददाता
- ४ फाल्गुण बुधबार, २०७८ | १२:४५:०० मा प्रकाशित
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी टेबल गर्ने तयारीबाट पछि हटेका छन् ।
बुधबार एमसीसी टेबल नगर्न आग्रह गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवासँग बालुवाटारमा भेट गरेपछि देउवा आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्न सहमत भएका हुन् ।
बुधबारको प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने तयारीमा प्रधानमन्त्री देउवा अघि बढेका थिए । तर, बुधबार बिहाान बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले ‘एमसीसी जबर्जस्ती टेबल’ गरिए सरकारबाट बाहिरिने निर्णय गरेको थियो । त्यो निर्णय सुनाउन प्रचण्ड बालुवाटार पुगेका थिए ।
प्रतिनिधि सभा बैठकका कार्यसूची टुंगो लगाउन सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठक भने जारी छ ।
सत्ता गठबन्धन नै भत्किने खतरा उत्पन्न भएपछि प्रधानमन्त्री देउवाले एमसीसीबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भोलि ३ बजेका लागि बैठक बोलाइएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आजै प्रचण्ड र प्रधानमन्त्री देउवाबीच भएको छलफलबाट गठबन्धन बैठक बोलाउने सहमति भएको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस