विश्वभर कोरोना जित्नेको संख्या ३३ करोड ३ लाख ९६ हजारभन्दा बढी
- गाउँ सहर संवाददाता
- ४ फाल्गुण बुधबार, २०७८ | १२:२१:०० मा प्रकाशित
काठमाडाैं । विश्वभर कोरोनाका थप २६ लाख बिरामी निको भएका छन् । गत २४ घण्टामा २६ लाख ३३ हजार संक्रमित निको भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले जानकारी दिएकाे छ । यो सँगै विश्वभर कोरोना जित्नेको संख्या ३३ करोड ३ लाख ९६ हजारभन्दा धेरै भएको छ ।
यस्तै थप १ लाख ६० हजार नयाँ संक्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको संख्या ४१ करोड ५७ लाख ३३ हजार पुगेको छ ।
गत २४ घण्टामा ९ हजार ७ सय जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ५८ लाख ५५ हजार पुगेको वल्डोमिटरले उल्लेख गरेको छ ।
कोरोना संक्रमित थपिने दर कम हुँदै गएपछि सक्रिय संक्रमितको संख्या पनि कम हुँदै गएको जनाइएकाे छ ।
अहिले विश्वभर ७ करोड १४ लाख १ हजार सक्रिय संक्रमित रहेकामा ८५ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको छ ।
अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा मात्रै ७ करोड ९६ लाखमा कोरोना पुष्टि हुँदा ५ करोड ३ लाख निको भएका छन् । ९ लाख ४ हजारको भने मृत्यु भएको छ । गत २४ घण्टामा मात्रै २ हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको बताइएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस