गाउँ सहर

टिपर दुर्घटनामा एक जनाकाे मृत्यु

काठमाडाैं । टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  उदयपुरको उदयपुरगढी गाउँपालिकामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हाे । तीन जना घाइते भएका छन् ।

बालुवा-गिट्टी बोकेको स १ क १९० नम्बरको टिपर मंगलबार राति उदयपुरगढी गाउँपालिका-७ हाडेवास चिउरीवासमा दुर्घटना हुँदा स्थानीय उज्वल खपाङगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएकाे छ । 

दुर्घटनामा गम्भीर घाइते भएका खपाङगीको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिएका छन् ।

टिपरको ब्रेक फेल भइ भएको दुर्घटनामा चालक सप्तरीको कल्याणपुरका उमेशकुमार चौधरी, उदयपुरगढी गाउँपालिका-७ का युवराज खपाङगी र सोही ठाउँका भरत खपाङगी घाइते भएका छन् । चालकको अवस्था गम्भीर रहेको डिएसपी गौतमले जानकारी दिएका छन् । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत