फोटो

‘नाे एमसीसी’ भर्सेस ‘वेलकम एमसीसी’ भन्दै युवाहरूकाे र्‍याली

काठमाडाैं । एमसीसीविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन सुरु भएको छ । ‘नाे एमसीसी’ भर्सेस ‘वेलकम एमसीसी’ भन्दै युवाहरूकाे र्‍याली भएका छन् ।

नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका भ्रातृ संगठनले विराेधमा प्रदर्शन गरेका छन् भने स्वतन्त्र नागरिक समाजका युवाहरूले पक्षमा प्रदर्शन गरेका छन् । 

काठमाडौंको अनामनगरमा  ‘वेलकम एमसीसी’ लेखिएको ब्यानर बोकेर एमसीसीको समर्थनमा मोटरसाइकल र्‍याली निकालिएको हो । 

यो समूहले बोकेको ब्यानरमा ‘स्वतन्त्र नागरिक समाज’ लेखिएको छ । उनीहरूले विकासे आयोजनालाई राजनीतिकरण गर्न नहुने भन्दै नाराबाजी पनि गरेका छन् ।

आज संसद बैठक बस्दै छ । बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादी र एकीकृत समाजवादीका युवाहरू सडकमा आएका हुन् ।

उनीहरू नयाँ बानेश्वरको निषेधित क्षेत्रमा पुगेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा सामान्य धरपकडसमेत भएको छ ।

माओवादी केन्द्रको आज बसेको संसदीय दलको बैठकले एमसीसीविरुद्ध उभिने औपचारिक निर्णय नै गरिसकेको छ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत