गाउँ सहर

सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर

काठमाडाैं । सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सिराहाको सिराहा नगरपालिका–११ पदमपुरमा मंगलबार बेलुकी भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको हाे । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । 

सिराहा–चोहर्वा सडकखण्डमा मंगलबार बेलुकी ८ बजे नम्बर नखुलेको सवारी साधनले प्रदेश २–०१–००१प ६० ३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जानकारी दिएकाे छ । 

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सिराहकै कल्याणपुर नगर्पालीका–९ डुमरीका ३४ बर्षीय लालु यादवको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले बताएकाे छ । 

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्दाजी २५ बर्षीय रामशरण यादवको सोही अस्पतालमा उपचार भइरहेको छ । 

दुर्घटना लगतै सवारी साधन सहित फरार भएका चालकको खोजी भइरहेको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत