गाउँ सहर

खल्ती मार्फत ब्लुबुक नवीकरण शुल्क तिर्न सहज 

ककाठमाडाैं । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले आफ्ना निजी सवारी साधन भएका प्रयोगकर्ताहरुको लागि खल्ती डिजिटल वालेट प्रयोग गरि ब्लुबुक नवीकरण शुल्क तिर्ने सुविधा ल्याएको गरेको छ ।

आफ्नो ब्लुबुकको शुल्क बिना कुनै झन्झट अनलाइनबाटै बेलैमा तिर्न मिल्ने गरि खल्तीले आफ्नो एप मार्फत यो सेवा प्रदान गर्न शुरु गरेको हो । अहिले बागमती प्रदेशका खल्ती प्रयोगकर्ताहरुले यस सेवाको लाभ उठाउन सक्ने भए तापनि आगामी दिनमा यो सुविधा देशभरि उपलब्ध गराइने जनाएकाे छ । 

 प्रयोगकर्ताहरुले भुक्तानी गर्नुपुर्व सर्वप्रथम आफ्नो सवारीको सम्पूर्ण आवश्यक विवरणहरू अनलाइन भेहिकल रजिष्ट्रेसन सिस्टम (भीआरएस) मा दर्ता गर्नुपर्ने हुन्छ । यो कार्य नागरिक एप या यातायात व्यवस्थापन सूचना प्रणालीको वेबसाइट मार्फत सहजै गर्न सकिन्छ । यसरी गरिएको दर्ता नेपाल सरकारद्वारा मान्यता प्राप्त हुन्छ । 

एक पटक दर्ता प्रक्रिया पूरा भएपछि प्रयोगकर्ताहरूले अब निम्न चरणहरू प्रयोग गरेर नवीकरण ब्लुबुक गर्न सक्छन् ।

क)   खल्ती एप भित्र भएको गभरमेन्ट सर्विसेस मा रहेको “ब्लुबुक रिन्यु“ मा नवीकरणमा ट्याप गर्नुहोस् ।

ख)  आवश्यक विवरणहरू भर्नुहोस् र भुक्तानी गर्न अगाडि बढ्नुहोस् ।

नयाँ प्रयोगकर्ता या पहिलो पटक यो सेवा प्रयोग गर्न लाग्नुभएका महानुभावहरूलाई कुनै अन्योल नहोस् भनेर स्याम्पल बिल पनि उपलब्ध एप मै उपलब्ध गराइएको छ ।भुक्तानी गर्न साथ आफूले नवीकरण गरेको ब्लुबुकको बिल तुरुन्तै Khalti मा प्राप्त हुनेछ भने VRS द्वारा उपलव्ध गराईने बिल प्रयोगकर्ताहरुले १० मिनेटमा खल्ती बाटै प्राप्त गर्नेछन् । खल्ती होमपेजको ट्रान्ज्याक्शन मा गइ दुबै बिल प्राप्त गर्न सकिन्छ । थप प्रक्रियाको लागि तपाईले ३० दिन भित्र सम्बन्धित सरकारी कार्यालयमा गई प्राप्त औपचारिक बिल पेश गर्नुहोला। 

‘ HYPERLINK "http://www.khalti.com/app 'खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६०,०००ं सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ । यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरि प्रयोगकर्ताहरुलाई समयको साथै पैसाको बचतमा पनि ‘खल्ति’ले योगदान दिँदै आएको छ ।

Khalti.com/app बाट खल्ती डाउनलोड गर्न सकिने खल्तीले बताएकाे छ ।

थप जानकारीको लागि, कृपया PR संयोजक ( आकृती शर्मालाई [email protected] मा इमेल गर्न सकिनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत