राजनीति

एमसीसीबारे कांग्रेसको १२ बुँदे लिखित धारणा : एमसीसी नेपालको हितमा (पूर्णपाठ)

 

काठमाडाैं । नेपाली कांग्रेसले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे १२ बुँदे लिखित धारणा सार्वजनिक गरेको छ । कांग्रेसले मंगलबार केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पारित १२ बुँदे धारणा सार्वजनिक गरेको हो । 

केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट एमसीसी नेपालको हितमा रहेको र यसलाई पास गर्नुको विकल्प नभएको जनाएकाे छ । 

कांग्रेसले एमसीसी सम्झौतालाई संघीय सदनमा अनुमोदनको लागि प्रस्तुत गर्नु सरकारको राजनीतिक कर्तव्य भएको बताएको छ । नेपालमा पूर्वाधारको व्यापक विकासका लागि अन्तर्राष्ट्रिय सहयोग र सहायता आवश्यक रहेको कांग्रेसको ठहर छ ।

कांग्रेसले एमसीसीलाई राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कूटनीति र पूर्वाधार विकाससँग जोडिएको रूपमा व्याख्या गरेको  छ । एमसीसी संसद्‌मा प्रस्तुत र छलफल गराउन सभामुखले कुनै पनि बहानामा रोक्न, आलटाल र अवरोध गर्न नमिल्ने कांग्रेसको प्रष्ट धारणा छ ।

कांग्रेसले एमसीसी सम्झौतालाई संघीय सदनमा अनुमोदनका लागि प्रस्तुत गर्नु सरकारको राजनीतिक कर्तव्य भएको समेत व्याख्या गरेको छ । प्रवक्ता प्रकाशशरण महतले सरकारले प्रतिनिधिसभाको आगामी बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने तयारी रहेको बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत