गाउँ सहर

साना ६ कम्युनिष्ट पार्टीले एमसीसीविरुद्ध नेपाल बन्दको घोषणा

काठमाडौँ । सरकारमा रहेको मुख्य दल नेपाली कांग्रेसले संसदमा एमसीसी टेबुल गर्ने दिन भोलि (बुधबार) साना ६ कम्युनिष्ट पार्टीले यसविरुद्ध नेपाल बन्दको घोषणा गरेका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा माओ‌वादी केन्द्र समाजवादीले संयुक्त रूपमा नेपाल बन्द गर्ने भएका हुन् ।

विवादित एमसीसी नामले पुनः नेपाल बन्दकाे दिन थपेकाे छ । काेराेना कहरबाट केहि तंग्रन थालेकाे अर्थतन्त्र र जनजीवन पुनः प्रभावित हुने भएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत