शेयर बजारमा उच्च अंकको वृद्धि, काराेबार रकम भने खुम्चियाे
- गाउँ सहर संवाददाता
- ३ फाल्गुण मंगलबार, २०७८ | १५:२२:०० मा प्रकाशित
काठमाडाैं । शेयर बजार कारोबारको तेस्रो दिन मंगलबार उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ५३.३० अंकले बढेर दुई हजार सात सय ५४ दशमलब २८ विन्दुमा पुगेको हो । त्यस्तै, आज नेप्से बढेपनि कारोबार रकम भने बढ्न सकेको छैन । आज ३ अर्ब २३ करोड ३३ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएकाे छ ।
नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीहरुमा न्यादी हाइड्रोपावर कम्पनी र तेह्रथुम पावर कम्पनी रहेको छ । आज न्यादीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४८९.५० रुपैयाँ पुगेको छ भने तेह्रथुमको शेयरमूल्य ८.७० प्रतिशतले बढेर प्रतिकित्ता ६ सय रुपैयाँ पुगेको छ ।
आज एनआइसी एसिया ब्यालेन्स फण्डको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको आज २२ करोड ७७ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस