गाउँ सहर

दुई किलो ८ सय ग्राम युरेनियम जस्तो देखिने पदार्थ सहित हायात होटलको पार्किङबाट आठ जना पक्राउ

काठमाडौं । प्रहरीले युरेनियम सहित आठ जना पक्राउ गरेकाे छ । राजधानीकाे हायात होटलको पार्किङबाट युरेनियमजस्तो देखिने पदार्थसहित आठ जनालाइ पक्राउ गरेकाे प्रहरीले जानकारि दिएकाे छ । 

प्रहरीले सोमबार साँझ साढे पाँच बजे हायात होटलको पार्किङ क्षेत्रबाट नेपाली र भारतीयहरूलाई पक्राउ गरेको जनाएकाे छ । 

उनीहरूको साथबाट दुई किलो ८ सय ग्राम युरेनियमजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले बताएको छ ।

नेपाल प्रहरीको विशेष ब्युरो तथा महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएकाे छ । 

 पक्राउ परेका उनीहरूलाई वृत्तको टोलीले मंगलबार काठमाडौं जिल्ला अदालत लगेको प्रहरीले जानकारी दिएकाे हाे । 

एक प्रहरी अधिकृतले भने- ‘अदालतबाट थुनामा राख्ने अनुमति लिएपछि बाँकी कुरा सार्वजनिक गरिने छ ।’

बरामद भएको उक्त पदार्थ परीक्षणका लागि ल्याबमा पठाउने तयारी भइरहेको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत